१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका नेता राणा भन्छन्,‘एमसिसि संसदबाट पास गर्नुपर्छ’




२७ भदौं ०७८, काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसीसीलाई संसदबाट पास गर्नुपर्ने बताएका छन् । उनले एमसीसी पािरत गराउन संसद्भित्र र संसद् बाहिर रहेका सबै दलबीच सहमति गराउनुपर्ने पनि बताए । र, उनले एमसीसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने धारणा राखेका छन् ।
उनले भने,‘अहिले एमसीसीलाई हेर्ने दृष्टिकोण खासमा आर्थिक, सामाजिक अथवा राजनीतिक पक्षभन्दापनि यो पोलिटिकल टुल भएको छ । एमसीसी २०१७ को सेप्टेम्बरमा सम्झौता भएको हो । यसमा सबै दलको संलग्नता छ । सम्झौतामा हस्ताक्षर भएको एक वर्षपछि यो विवाद सुरु भयो । एमसीसीको डकुमेन्ट एक वर्षपछि विवाद सुरु किन भयो ? एमसीसीको विवाद सुरु हुनुअघि नेकपाभित्र विभिन्न पक्ष र विवाद सुरु भयो । एमसीसी नेकपाभित्रको विवादको शिकार भयो । अर्को कुरा, एमसीसीबारे नेताहरुले बुझाउन पनि नसकेको हो । यो कमजोरी हाम्रो पनि हो ।’
उनले एमसीसी सहयोग अनुदान भएकोले यसले देशलाई फाईदा नै हुने पनि विश्वास दिलाए । उनले भने,‘विदेशी सहयोग लिँदा ५ वटा मापदण्ड पूरा गर्नुपर्छ । पहिलो कुरा, यो ग्रान्ट हो कि लोन ? एमसीसी ग्रान्ट हो । एमसीसी सडक र प्रसारण लाईनमा पर्छ । प्रोजेक्टको चोईस हामीले गरेको हो । सम्झौतामा समयसिमा तोकिएको छ । तीन वर्षको । सबै क्राईट एरिया फुलफिल गरेको छ । यसले नेपाललाई फाईदा नै पुर्याउँछ । यसअघि एमसीसी पास गर्नुपर्छ भनेर केपी ओलीले अत्यन्तै ठूलो स्ट्याण्ड लिनुभएको थियो । कांग्रेसको एउटै स्ट्याण्ड छ, एमसीसीले देशलार्य फाईदा नै गर्छ । अहिले आएर एमालेको धारणा कसरी चेन्ज भयो ? यो मैले बुझिनँ । तर, एमालेको धारणा त डबल स्ट्याडण्डरको रुपमा लिन चाहन्छु ।’
उनले एमसीसी सहयोग लगभग ५० वटा देशले लिएको भन्दै तीमध्ये हाम्रो देशकोजस्तै भूगोल भएको मंगोलियाले दुई पटक सहयोग लिएको स्मरण गराए । उनले भने,‘एमसीसीको सहयोग लिँदा चीन रिसाउँछ भन्ने मलाई लाग्दैन् । चीन रिसाउने भएको भए मंगोलियाले लिँदा पनि लिन्थ्यो होला नि । श्रीलंकाले एमसीसी फिर्ता गरेको हो । तर, एमसीसी होईन श्रीलंकामा परियोजना नै विवादमा थियो । नेपालमा प्रोजेक्ट विवादमा छैन् । यो हाम्रो आवश्यकत्ता हो ।’
सन २०१७ देखि आजसम्म एमसीसीको बारेमा विभिन्न भ्रम रहेको भन्दै यसबारेमा आफूहरुले अहिलेसम्म स्पष्ट पार्न नसक्नु कमजोरी भएको पनि जबराले स्विकारे । उनले भने,‘एमसीसीबारे हामीले स्पष्ट पार्न सकेनौं । एमसीसीमा राजनीतिकरण भयो । नेकपाको आन्तरिक राजनीतिले असर गरेको जस्तो लाग्यो । हाम्रो अर्थ मन्त्रालयले स्पष्ट हुन चाहेको थियो, एमसीसीले स्पष्ट पारिसकेको छ। यो एमसीसी नेपालको संविधानभन्दा मुनि हो भने राखिसक्नुभयो । त्यस्तै, एमसीसी आईपिएसको अंग होईन भनिएको छ । यो फरक हो भन्ने कुरा पनि लिखित रुपमा आईसकेको छ । यो ईकोनोमिक एड हो । पेटेन्ट राईट पनि नेपालमै हुन्छ । नेपालले अडिट गर्न पाउँछ । महालेखाले यसको अडिट गर्छ ।’
सन् २०१७ मा सम्झौता गर्दा एमसीसी संसद्बाट पारित गर्नुपर्छ भन्ने कुरा केही नभएको पनि उनले स्मरण गराए । उनले भने,‘पछि केपी ओली सरकार आएपछि यो संसद्बाट पारित गर्ने कुरा भएको हो । एमसीसी नआए नेपाल डुब्छ भन्नु पनि गलत हो । नेपालको अर्थतन्त्र राम्रो हुन्छ । तर, योजना लिनु नै राम्रो हो । योजना सहयोग लिन नसक्नु बेकुफी हुन्छ । अहिले नेपालको अर्थतन्त्र थिलथिल भएको छ । एमसीसी फर्काएपनि त्यसले ठूलो असर गर्दैन् । तर, लिन सके राम्रो गर्न सक्छौं ।’
अमेरिकी सेना आउँछ भन्ने कुरा पनि गलत भएको उनको दाबी छ । ‘यो झुठो हो । एमसीसी ईकोनोमिक सपोर्ट हो । अमेरिकी सेना नेपाल आउने भन्ने भ्रम फैलाईएको छ । ९४ पेजको डकुमेन्ट छ । यो सबै पढ्न म अनुरोध गर्छु । यो पैसा कुनैपनि सैन्य सुरक्षामा लागु हुँदैन भनिएको छ । एमसीसी पारित गराउने हाम्रो दायित्व हो । एमाले र माओवादीको पनि दायित्व हो । केपी ओलीको पनि दायित्व हो । सबैभन्दा ठूलो दायित्व हाम्रो हो । अहिले एमसीसी पारित गर्न एक किसिमको सहमति जुटाउन भनेर सरकार लागिपरेको छ । सबैलाई सम्झाएर कांग्रेस अघि बढ्छ । हामीले एमसीसीको बारेमा सुरुमै डिबेट गर्नुपर्दथ्यो । बुद्धिजिवीहरुसँग अन्तरक्रिया गर्नुपर्दथ्यो । त्यसमा हाम्रो कमजोरी रह्यो ।’

काठमाडौं, २७ भदौ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले एमसीसीबारे अहिले कुनै पोजिसन नबनाएको स्पष्ट पारेका छन् । सत्तासिन दलहरुले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने उनको भनाई छ ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो पार्टीले अहिले एमसीसीको बारेमा कुनै धारणा बनाएको छैन् एमसीसीको बारेमा वर्तमान सरकारले के गर्दैछ भन्नेबारे औपचारिक जानकारी छैन् । सरकारले एमसीसी ल्याउन खोजेको हो कि होईन ? सरकारले उपाध्यक्षसँग के कुरा गर्यो ? हिजो एउटा धारणा बनाएका सत्तासिन दलमा एउटा धारणा छ, हिजोकै मत छ कि अर्को मत छ ? सत्तासिन दलमा के छ भन्नेबारे हामी बेखबर र्छौं । हाम्रो भूमिका प्रतिपक्षी दलको हो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीसी पारित गराउनको सरकारलाई आफूहरुको आवश्यकत्ता नै नपरेको पनि सुनाए । उनले भने,‘एमसीसी पास गर्नको लागि हाम्रो आवश्यकत्ता रहन्छ भन्ने कुरा वर्तमान सरकारलाई लागिरहेको छैन् । सरकारसँग बहुमत छ । एमसीसी पास गर्न जम्मा १३६ मत भए पुग्छ । पारित गर्नको लागि त सामान्य बहुमत भए पुग्छ । सरकारसँग २९ मत बढि छ । सरकारसँग अहिले कम्फर्टेबल अवस्था छ । तर, सरकारले हामीसँग अहिलेसम्म यसबारेमा कुनै छलफल गरेको छैन्, हाम्रो तर्फबाट हामीसँग किन कन्सल्ट गरिएन भन्ने पनि छैन् ।’
उनले एमसीसीबारे एमालेको अहिले पोजिसन तय नभएको पनि स्पष्ट पारे । उनले भने,‘औपचारिक रुपमा अहिलेसम्म कुनै कुरा नआएकोले हामीले औपचारिक धारणा बनाएका छैनौं ।’
पूर्वाधार विकास विज्ञ तथा अध्येता डा. सुर्यराज आचार्यले एमसीसीमा भएका गलत प्रावधानहरु सच्याउनुपर्नेमा जोड दिएका छन् । उनले एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुने धारणा राखे । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसी पास गर्ने वा के गर्ने भन्नेबारे अहिलेसम्म धारणा बनाएको छैन भनेर भन्नु गलत भएको पनि टिप्पणी गरे ।
उनले भने,‘म एमालेका साथीहरुलाई भन्न चाहन्छु, तपाईँरुले शेरबहादुरलाई होईन, जनतालाई जवाफ दिनुपर्छ । केपी ओली बहुत वाचाल हुनुहुन्छ । मलाई त सिंहदरबारमा बस्ने नेताहरुको व्यवहारसँग डर छ । हाम्रो नेताहरुमा सार्वभौमसत्तासम्पन्न देशलाई व्यवस्थापन गर्ने क्षमता छ र ? अमेरिका सुपरपावर देश हो, यत्रो रकम दिँदा उसको स्वार्थ छ । एमसीसीको उपाध्यक्ष भनेको एउटा कर्मचारी हो, उहाँहरु आउँदा देश नै एमसीसीमय भयो । हाम्रा नेताहरु आन्तरिक राजनीतिको पोको फुकाउनुहुन्छ । यस्तो विषयमा त सबै दलहरु एक कठ्ठा हुनुपर्छ । म एमसीसी जस्ताको त्यस्तै पास हुनुहँदैन भन्ने व्यक्ति हुँ ।’
राजनीतिक दलहरु, यसका नेताहरु र राज्य संयन्त्रमा भएका व्यक्तिहरु र बौद्धिकहरुले राष्ट्रप्रति ठूलो अन्याय भएको पनि उनको भनाई छ । उनले एमसीसी सम्झौता गर्दासम्म नेपालको तर्फबाट पर्याप्त लापरवाही रहेको सुनाए । उनले भने,‘राष्ट्रिय हित के–के हुन ? भन्ने विषयमा लापरवाही भयो । अमेरिका नेपालमा ४०–५० वर्षदेखि विकासको सहयोगी हो । सम्झौतामा राजनीतिक र रणनीतिक प्रकृतिका शर्त छन् ।’
उनले अहिलेसम्म ४६ देशमा एमसीसी सम्झौता भएको र तीमध्ये तीन÷चार वटा देशमा सम्झौता खारेज भएको पनि स्मरण गराए । उनले भने,‘सम्झौतामा अमेरिकी कानून लागु हुने कुरा लेखिएको छ । कम्प्याक्टको दफा ३.३ मा यो कुरा लेखिएको छ । वैदेशिक अनुदान कहिल्यैपनि फ्रि हुँदैन । चीनले पोखरा विमानस्थल बनायो, त्यहाँ उसले आफ्नै ठेकेदार राखेको छ । भारतले हुलाकी राजमार्ग बनाउँदापनि त्यस्तै गरेको छ । यो सम्झौतामा अमेरिकी स्वार्थलाई बढावा दिने कुरा लेखिएको छ ।’
उनले एमसीसी आईपिएसको अंग हो कि होईन भन्ने प्रश्न नै गलत रहेको पनि सुनाए । उनले भने,‘कुटनीतिमा देखिने र नदेखिने पाटा हुन्छन् । यो एमसीसीमा ९ वटा शर्तहरु अनन्तकालसम्म रहने कुरा लेखिएको छ । ५.५ मा हेर्दा अमेरिकी हितभन्दा बाहिर हुनुहुँदैन भनिएको छ ।’
संरचना बनिसकेपछि संरचनाको उपयोगबारे पनि अमेरिकीको चासो हुन्छ भनेर लेखिएको पनि उनले सुनाए । उनले भने,‘विकासको आयोजनाको लागि संसद्मा गएर सन्धी ऐन बनाउने हो ? भोलि अन्य देशले पनि ल्याए भने हामी कहाँ पुग्छौं । भोलि हामी गलपासोमा पर्नसक्छौं । अमेरिकी सिनेटमा छलफल हुँदा अमेरिकी रणनीतिक स्वार्थबारे पनि स्पष्ट रुपमा राखिएको छ । देशको हितमा हुँदा पास गर्दा हुन्छ । तर, यो त छलफल गर्नुपर्छ । हामीले उठाएका प्रश्न अनावश्यक होईन तर अप्ठ्यारा लाग्ने हो । कांग्रेस र एमालेका नेताहरुको व्यवहार जनसंगती छैनन् ।’

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ३० बजे