१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर प्रहरीद्वारा पाकिस्तानी नागरिकलाई बन्धक बनाउने दुई जना पक्राउ



२१ असोज ०७८, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले क्यानडा पठाउने भन्दै नेपाल बोलाएर पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसन मोहम्मद र ताज रजवाज रहेका छन् । उनीहरु पनि पाकिस्तानी नागरिक हुन् ।

प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए । विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए । उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ७ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।