१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


देविचौर हत्याकाण्डका ४ जना आरोपी सार्वजनिक




२४ असोज ०७८,ललितपुर । ललितपुर प्रहरीले देविचौर हत्याकाण्डका ४ जनालाई आरोपीलाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
गतअसोज ११ गते ललितपुरको गोदावरी नगर ७ देविचौर सलेनी खोल्सामा ललितपुर बाग्मती ४ प्युटार घर का २९ बर्षिय राजकुमार भुलुनको टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा चोटपटक सहितको मृत लाश फेला परेकोमा तत्काल घटनास्थलमा प्रहरी टोली गई थप अनुसन्धान गरी घटनामा संलग्न निम्न ४ जना लाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा रजीना भोलुन (मृतकको श्रीमती),ललितपुर जिल्ला गोदावरीं ७ देविचौरका ३० बर्षिय ज्ञान कुमार सिंतान (साढु भाई) ललितपुर जिल्ला गोदावरीं ७ देविचौर २५ बर्षिया सुनीता सिंतान (मृतकको साली), ललितपुर गोदावरी ७ की ३० बर्षिया लक्ष्मी ब्लोन (लुङ्वा) भन्ने म्याक्सी माया भोलन (मृतकको साथी) रहेका छन् ।
घटनाको सम्बन्धमा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेका प्रहरीले जानकारी दिएको छ ।
भुलुनको शव भेटिएको भोलिपल्ट राजकुमारको शव फेला परेको ठाउँबाट केही पर भीरबाट ३ सय मिटर तल खसेको अवस्थामा गोदावरी नगरपालिका ११ का २८ वर्षीय मनोज मगर भनिने मनोज सार्कीको शव फेला परेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।