४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


मनोरम कुलेखानीका सुन्दर दृश्यहरु




ललितपुर खबर
२२ कात्तिक ०७८, कुलेखानी । धुलो धुँवा र कोलाहलको वातारण रहेको काठमाडौंबासी घुम्न निस्कने योजना बनाउदै हुनुन्छ भने मकवानपुरको कुलेखाने जाने योजना बनाउनुस् । मकवानपुरको सिमसार क्षेत्र कुलेखानी सुन्दर छ ।


यहाँ जान धेरै समय लाग्दैन । फपिङको बाटो हुँदै २ घण्टा मोटसाइकलमा हुइकिदा कुलेखानीको इन्द्रसरोबर पुगिन्छ ।यहाँ जान थानकोटबाट चन्द्रागिरि नजिकको भञ्ज्याङ हुँदै चित्लाङ घुम्दै मार्खुको बाटो पनि पुग्न सकिन्छ ।


देशकै एक मात्र जलाशययुक्त जलविद्युत् आयोजना कुलेखानीको तलाउ कारण पनि यो ठाँउ घुम्नलायक छ ।
माखुमा रहेको भेडी चौर,चित्लाङको परम्परागत बस्ले याँहाको सुन्दरतामा अझ निखारता ल्याएको छ ।


कुलेखानी वरपरको ग्रामिण बस्ती र उचाईबाट टलक्कै टल्कने हिमाल अर्को हेर्नलायक बस्तु हुन् ।
यहाँ बस्न र खान विभिन्न खाले रिर्सोट र होमस्टे छन् ।
तस्विरहरु : ललितपुर खबर

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ४७ बजे