१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठबाट पाँच लाखसहित १६ जुवाडे पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

२७ कात्तिक ०७८, काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट पाँच लाख रुपैयाँसहित १६ जना जुवाडे पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको हो।

सुमन खड्काले जग्गा भाडामा लिएर टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीसहितलाई पक्राउ गरेको हो।

खड्काले तरकारी खेतीका लागि टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका ११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन्। उनीहरूको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।