२० मंसिर ०७८,भक्तपुर । भक्तपुरको चाँगुनारायणमा सिस्नुपानी नेपालका संस्थापक कृष्णमुरारी गौतम (चट्याङ मास्टर) सम्मानित भएका छन् ।
चाँगुनारायण साहित्य समाजको चौँथो साधारणसभामा उनलाई सम्मान गरिएको हो । कार्यक्रममा चट्याङ मास्टरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरू रामशरण न्यौपाने, डिल्लीप्रसाद न्यौपाने र सकुन्तला महर्जनको तीन सदस्यीय निर्वाचन समितिको सक्रियतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्ष लालबहादुर भूजेल, उपाध्यक्ष रामेश्वर थापा, सचिव बाबुकाजी सुवाल, कोषाध्यक्ष लक्ष्मी थापा र सदस्यहरू बसन्त नकर्मी, राममणि ढुंगेल, तेजकृष्ण श्रेष्ठ, सुरेन्द्र साखकर्मी र तारा गाउँले सर्वसम्मत रुपमा छनौट भएका छन् ।
कार्यक्रममा साहित्यकार चट्याङ मास्टरले सबैले वृद्ध जीवन बिताउनु पर्ने भएकोले बुढ्यौली साहित्य रचनातिर पनि ध्यान दिनुपर्ने बताए।
उपाध्यक्ष रामेश्वर थापाले स्वागत मन्तव्यको साथमा सुरू उक्त कार्यक्रममा सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भवरकोटेले शुभकामना मन्तव्य दिए। कार्यक्रम चाँगुनारायण साहित्यिक समाजका सचिव बाबुकाजी सुवालले कार्यक्रम सञ्चालन गरेका थिए।
२० मंसिर २०७८, सोमबार
0
Shares
प्रतिक्रिया