११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरबाट काँठ क्षेत्रको ग्रामीण चक्रपथ निर्माण सुुरु



फाइल तस्विर

२५ मंसिर ०७८, भक्तपुर । सूर्यविनायक नगरपालिकामा काँठ क्षेत्रको ग्रामीण चक्रपथ निर्माण सुरु भएको छ । उपत्यका काँठ चक्रपथअन्तर्गत दधिकोट तर्खगालबाट बिरुवा जाने सडक ११ मिटर चौडाइ विस्तार, स्तरोन्नति एवं कालोपत्र आजदेखि सुरु भएको हो । काँठ क्षेत्रको ग्रामीण चक्रपथ निर्माणको आज नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले शिलान्यास गरेका छन् ।
सूर्यविनायक नगरपालिका ५ स्थित परोपकार, तर्खगाल, पातलेटार हुँदै बिरुवा जाने उक्त सडक वाग्मती प्रदेश परियोजनाअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालयको डिजाइन र सुपरिवेक्षणमा निर्माण सुरु भएको हो । सो अवसरमा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता बस्नेतले एमाले सत्ता पक्ष वा प्रतिपक्षमा रहँदा पनि विकासकै लागि अहोरात्र खट्छ भन्दै सबै दलका नेताले विकासमा ऐक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् ।
पुर्वमन्त्री बस्नेतले भने, “५० किलोको माला लगाए विपक्षीलाई गाली गर्दैमा भोट आउँदैन, विकास गरेर जनताको मन जित्न सके मात्रै भोट आउँछ, तपाईंहरु गाली गर्दै जानुस्, हामी विकास गर्दै जान्छौँ ।” निर्माण सुरु भएका सबै सडक कालोपत्र हुने बताउँदै उनले विकासका विरोध नगर्न आग्रह गरेका थिए ।
वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरका विकासले फड्को मारेको बताउँदै सहरी क्षेत्रको सडक मात्रै नभई गाउँगाउँका सडक फराकिलो र कालोपत्र भइरहेको उल्लेख गरे । सङ्घीय, प्रदेश र स्थानीय तहको बजेटले यहाँको क्षेत्र र प्रत्येक घरघर जोडिने गरी सडक निर्माण भएको, सबै खोलामा पुल निर्माण भएको, साँघुरा सडक फराकिलो भएको र विद्यालय, सामुदायिक भवन, स्वास्थ्य चौकीदेखि जनताको सरोकारका संरचनाहरुले पूर्णता पाउँदै गएको बताएका छन् ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेत, वडा नं १ का अध्यक्ष साकुकाजी कायस्थ, वडा नं ४ का अध्यक्ष उत्तम थापा लगायतले विकासमा सूर्यविनायक निकै अगाडि बढेको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : १६ बजे