२५ मंसिर ०७८, भक्तपुर । भक्तपुरकाट एक वालिका बलात्कारको आरोपमा युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका ४ घर भएका मध्यपुर ठिमी नगरपालिका २ धुन्चेपाखा साईबर चोकस्थित हार्डवयर पसलमा काम गरी बस्ने २३ वर्षीय आकाश नेपालीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
आकाशले आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको सुचनाका आधारमा महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२६ मंसिर २०७८, आइतबार
0
Shares
प्रतिक्रिया