१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमाले अध्यक्ष हरिकष्ण केन्द्रिय सदस्य मनोनित




२६ मंसिर ०७८, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा गरेको १० प्रतिशत सदस्यमा ललितपुर एमालेका हरिकृष्ण व्यञ्जनकार पनि मनोनित भएका छन् । आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले उनी सहित ४३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका थिए । एमाले केन्द्रीय कमिटी सदस्यमा व्यावसायी दुर्गा प्रसाई लालबाबु पण्डित, विशाल भट्टराई, दुर्गा प्रसाईदेखि अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरसमेत समेटिएका छन् ।
महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपनि पण्डितले पदमा बस्न अस्वीकार गरेका थिए । भट्टराई केन्द्रिय सदस्यमा आउने चर्चा चलेपनि उम्मेदवारी दर्ता गरेका थिएनन्। उनलाई प्रदेश अध्यक्ष बनाउने आश्वसन दिइएको थियो।

मनोनित केन्द्रीय सदस्यहरु :
१) लालबाबु पण्डित
२) विशाल भट्टराई
३) चन्द्रमोहन गौचन
४) कृष्ण केसी
५) ऐन महर
६) रमेश पौडेल
७) सूर्य पाठक
८) हरि घिमिरे
९) पदम गिरी
१०) युवराज बाँस्कोटा
११) यज्ञबहादुर बोगटी
१२) दल फडेरा
१३) बद्री न्यौपाने
१४) रुपनारायण श्रेष्ठ
१५) उद्धव रेग्मी
१६) प्रेम दंगला
१७) भीम केसी
१८) सुवास देवकोटा
१९) हरिकृष्ण व्यञ्जनकार
२०) इन्दिरा गौतम
२१) सरस्वती चौधरी
२२) मानवीर राई
२३) यमुना रोका
२४) कल्पना चापागाईं
२५) आशा विक
२६) उमा कोइराला
२७) नैनकला ओझा
२८) मञ्जु गुरुङ
२९) इन्दिरा सञ्जेल
३०) विमला अर्याल
३१) गीता कार्की
३२) शान्ति अधिकारी
३३) रुक्मिणी राना
३४) तारादेवी गुरुङ
३५) सविता यादव
३६) विषमलाल अधिकारी
३७) रेशम लामा
३८) गोविन्द दुवाल
३९) रतननाथ योगी
४०) चन्द्रबहादुर विश्वकर्मा
४१) सहदेव बोटी
४२) बालसिंह काउछा
४३) दुर्गा प्रसाई

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ३ : ४९ बजे