११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको दक्षिणकालीमा एकाविहानै चोरी




२९ मंसिर ०७८, काठमाडौं । दक्षिणकाली नगरपालिका २ पाखाचोक बस्ने कमल केसीको घरबाट करिब ११ तोला सुन, करिब २ सय ५ तोला चाँदी र नगद १ लाख ५० हजार रुपैयाँ गरी करिब १२ लाख ९६ हजार ८ सय रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।
घरधनी काम विशेषले आइतबारदेखि ढोका बन्द गरी भैँसेपाटी गई बसेको अवस्थामा घरको ढोका फोडी उक्त धनमाल चोरी भएको बताइएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ५४ बजे