१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रे र सिन्धुपाल्चोकबीच सीमा विवाद चर्किंदै




२ पुस ०७८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किंदै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ ।
‘हामीसँगै बसोवास गर्ने धेरै परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौ’, चौतारा साँगाचोकगढी ११ तस्बिर माझीले भने ।
जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३ मा राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमि भनि नापी भएकोमा काभ्रेमा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकुल निर्णय गरि राज्यको कर्मचारीलाई नै दवाब पारेर मालपोत, श्रेष्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा पारेर गैरकानुनी कार्य गरेकोप्रति अधिवक्ता रोजनराज गिरीले आक्रोस पोख ।
काभ्रेको भुम्लो गाउँपालिकाले जबरजस्ती नदी किनारामा डोजर प्रयोग गरी अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा डोजर चलाएको प्रति बन्देउटार र डुम्रेमाझी गाउँको बासिन्दाले विरोध गरेका हुन् ।

बिहीबार अधिवक्ता रोशनराज गिरीको अगुवाइमा एक घन्टे चक्काजाम गरिएको थियो । उनीहरूले चक्का जामपछि गरिएको पत्रकार सम्मेलनमा सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको भन्दै थप आन्दोलनलाई सशक्त बनाउने चेतावनीसमेत दिएका छन् । न्युज कारखाना

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ५५ बजे