१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको तेलकोटमा भेटियो भरुवा बन्दुक



फाइल तस्विर

३ पुस ०७८, भक्तपुर । भक्तपुरको तेलकोटमा भरुवा बन्दुक भेटिएको छ । चाँगुनारायण नगरपालिका ६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक थान भरुवा बन्दुक फेला परेको हो ।
बन्दुक कसले कुन प्रयोजनका लागि ल्याएर लुकाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भरुवा बन्दुकबारे स्थानीयवासीले खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ११ : १२ बजे