१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कांग्रेस खुला केन्द्रीय सदस्यः २ हजार ३ सय ९३ मत गणना गर्दा ललितपुरका तीनै नेता सुरक्षित




४ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म आधाभन्दा बढी मत गणना हुँदा ललितपुरका तीनै नेता अटाएका छन् । प्राप्त मतगणना अनुसार ललितपुरका सासंद समेत रहेका उदयसम्शेर राणाले १ हजार ४ सय ४५ ल्याएका छन् । अर्का नेता जितजंग बस्नेत १ हजार २ल सय ८३ ल्याउदै पछि पछि छन् । पुर्व सभापति समेत रहेका मदन बहादुर अमात्यको केन्द्रिय सदस्य पद भने सुरक्षित नहुने शंका छ । उनले ९ सय ८ मतल्याउदै पछ्याइरहेका छन्
। खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका ९९ उम्मेदवारमध्ये २ हजार ३ सय ९३ अर्थात ५१ प्रतिशत मत गणना हुँदा ८ सयसम्म मत ल्याएका ३५ नेता कोटाभित्र परेका हुन् । ३५ को कोटाभित्र १ हजार ९ सय ७१ मत ल्याएर शशांक कोइराला पहिलो नम्बरमा छन् भने केदार कार्की ८ सय १९ मतसहित ३५औं स्थानमा छन् । ८ सय ७ मत ल्याएका यज्ञबहादुर थापाले ३६औं स्थानमा पर्दै कोटाभित्र परेनन् । यद्यपि यो अन्तिम परिणाम भने होइन ।

एक हजार मत कटाउने नेताहरुः

१) डा शशांक कोइराला ः– १९७१

२) एनपी साउद ः– १५३८

३) बाल कृष्ण खाँण ः– १५०७

४) रमेश लेखक ः– १४५१

५) ज्ञानेन्द्र बहादुर कार्की ः– १४२३

६) उदय सम्शेर राणा ः– १४४५

७) रामहरी खतिवडा ः– १३९५

८) अर्जुननरसिंह केसी ः– १३८३

९) गोपाल मान श्रेष्ठ ः– १३२३

१०) जिप छिरिङ लामा ः– १३१२

११) जितजंग बस्नेत ः– १२८३

१२) नैन सिंह महर ः– १२८२

१३) डा रामशरण महत ः– १२८१

१४) सुनिल बहादुर थापा ः– १२४६

१५) बल बहादुर केसी ः– १२३३

१६) दिलेन्द्र प्रसाद बडु ः– १२३१

१७) मोहन बहादुर बस्नेत ः– १२०२

१८) दिपक गिरि ः– ११७४

१९) सुरेन्द्र राज पाण्डे ः– ११५१

२०) कुन्दन राज काफ्ले ः– ११४३

२१) सन्जय कुमार गौतम ः– १००१

९ सय कटाउनेः

२२) प्राडा गोविन्दराज पोखरेल ः– ९६२

२३) राजीव ढुंगाना ः– ९३५

२४) डा. गोपाल दहित ः– ९३१

२५) कृष्णकिशोर घिमिरे ः– ९२९

२६) दिनेश कोइराला ः– ९२५

२७) बिरेन्द्र कुमार कनौडिया ः– ९१९

२८) इ मोहन आचार्य ः– ९१३

२९) अजयबाबु सिवाकोटी ः– ९०९

३०) मदन बहादुर अमात्य ः– ९०८

आठ सय कटाउनेः

३१) उमेश जंग रायमाझी ः– ८९१

३२) गणेश लामा ः– ८८८

३३) मंगल प्रसाद थारु ः– ८७१

३४) मनोज मणि अचार्य ः– ८५४

३५) केदार कार्की ः– ८१९

३६) यज्ञ बहादुर थापा ः– ८०७

थापासहित ७९९ सयसम्म मत ल्याएका सबै ३५ जनाको कोटाभित्र पर्न असफल भएका छन् । यद्यपि यो २३९३ मत गणनाको परिणाम हो । २२८९ मत गन्न बाँकी नै छ । आइतबार आउने अन्तिम मतपरिणाममा यो नतिजा फेरिन सक्छ ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : २८ बजे