१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको मुलपानीमा भीषण आगलागी, ४ करोडको क्षति



५ पुस ०७८, काठमाडौं । काठमाडौंको मुलपानीको एक रंग पसलमा भिषण आगलागी हुँदा ४ करोड बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ७ मुलपानी पिपलबोटस्थित युबराज केसीको रङ पसलमा सोमबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा पसल पूर्ण रुपमा जलेर करिब ४ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
आगलागी भएको सुचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । प्रहरीले आगलागीका समबन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ६ : ३७ बजे