९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इन्द्रेणी कप्लेक्समा आगलागी, साढे तीन करोडको क्षति




तस्विर : रुटिन अफ नेपाल बन्द

५ पौष ०७८,काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ । आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भर्टरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
आगो निभाउन काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

तस्विर ः रुटिन अफ नेपाल बन्द

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ४८ बजे