११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगर धनकुटाको महालक्ष्मी नगरसँग भगिनी सम्बन्ध बनाउदै



६ पुस ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध विस्तारबारे छलफल भएको छ ।
महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठ र महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपालबीच भगिनी सम्बन्ध विस्तारबारे सैद्धान्तिक सहमति भएको हो । दुवै नगरपालिकाले कार्यपालिका बैठकबाट सम्बन्ध विस्तारबारे निर्णय गरेपछि द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम तय हुनेछ ।
दुवै नगरपालिकाको पहिलोपटक भगिनी सम्बन्ध विस्तारका लागि छलफल प्रारम्भ गरेका हुन् । श्रेष्ठ र नेपालले सम्बन्ध विस्तारपछि एक अर्कामा भएका असल अभ्यास, प्रविधि तथा विभिन्न कार्यक्रम आदान प्रदान गर्ने बताए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : ५२ बजे