६ पुस ०७८, भक्तपुर । भक्तपुर, सूर्यविनायक नगरपालिका–४ दधिकोट पात्लेटारबाट १ किलो अवैध लागूऔषध गाँजा र करिब ३ सय ४० ग्राम पोलेनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५३ वर्षीय सुन्दर न्यौपाने रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
६ पुस २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया