१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जनभावना क्याम्पसले मनायो दोश्रो क्युएए दिवस



कार्यक्रममा सहभागी हुँदै क्याम्पस प्रमुख शिवराज सञ्जेललगायत । लेन्स : ललितपुर खबर

७ पुस ०७८, चापागाँउ । जनभावना क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र पाएको दोश्रो वार्षिकोत्सव मनाएको छ ।
अन्र्तराष्ट्रिय मापदण्ड अनुसार सञ्चालनमा रहेको मानिने क्युएए प्रमाणपत्र पाएको यो क्याम्पस काठमाडौं उपत्यकाकै दोश्रो क्याम्पस हो । २०७६ पुस ७ गते यस क्याम्पसले यो प्रमाणपत्र पाएको थियो ।
गोदावरी ११ प्याङगाँउस्थित क्याम्पस परिसरमा आयोजित बुधबार आयोजित कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख शिवरा सञ्जेलले विद्यार्थीलाई डिग्री प्राप्त गरिसकेपछि बेरोजगार हुन नपरोस भन्ने अभिप्रायले आफ्नै शिक्षा प्रणाली बनाएर लागू गर्ने तयारी गरिएको बताए । उनले भने, ‘जनभावना क्याम्पसमा पढ्ने विद्यार्थीले गर्व गर्नलायक क्याम्पस बनाउन हामी प्रयत्न गरिरहेका छौं । हामी बनाएरै छाड्छौं ।’
सञ्चालक समितीका सदस्य डिल्ली घिमिरेले क्युएए कामय राखेर अघि बढ्न क्याम्पस सम्बद्ध सबैलाई आग्रह गरेका थिए ।
क्याम्पसका सहायक प्रमुख गोविन्द सञ्जेलले जनभावना क्याम्पसले धेरै ठूलो मेहनतपछि क्युएए मान्यता पाएको बताए । उनले भने, ‘हामी क्युएए कायम राखेर अझ उन्नत काम गर्ने दिशातिर गइरहेका छौं ।’
हरेक पाँच बर्षमा क्याम्पसको गुणस्तर मापन गर्ने परम्परा अनुरुप हामीले काम गर्ने हुन्छ । नेपालमा अहिलेसम्म ५३ वटा क्याम्पसले क्युएएप्रमाणपत्र पाइसकेका छन् ।
क्याम्पस परिसरमा आयोजित साँस्कृतिक कार्यक्रममा विभिन्न नृत्य देखाइएको थियो ।
के हो क्युएए ?
क्युएए के हो ?
विश्व विद्यालय अनुदान आयोगले देशभरका शैक्षिक संस्थाहरुलाई उनीहरुको शैक्षिक उपलब्धिलाई आधार मानेर क्यूएए (संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन) प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ । अनुदान आयोगका अनुसार हालसम्म नेपालका ५३ शैक्षिक संस्थाहरुले क्यूएए प्रमाणपत्र पाएका छन् ।
मूल्यांकन टोलीले क्युएए प्रक्रियामा जान चाहने उच्च शैक्षिक संस्थाहरूको ८ आधारमा मूल्यांकन गरी प्रमाण–पत्र प्राप्तिका लागि सिफारिस गर्छ ।
नीति नियम, पाठ्यक्रम सम्बन्धी पक्ष, पढाई सिकाई र मूल्यांकन प्रणाली, अनुसन्धान, परामर्श, भौतिक पूर्वाधार र सिकाईका स्रोत, विद्यार्र्थी हित र दिशानिर्देश, सूचना प्रणाली, सार्वजनिक सूचना वितरण प्रणालीलाई मूल्यांकनका आधार आयोगले बनाएको छ ।
अनुदान आयोगले सरकारी, सामुदायिक तथा निजी क्याम्पसहरूको गुणस्तर मापन गर्दै क्युएए प्रदान गर्दै आएको छ । गुणस्तर मापनका लागि उसले मूल्यांकन टोली (पीआरटी) गठन गरी टोलीको सुझावका आधारमा क्युएए प्रमाणपत्र दिँदै आएको छ ।
तथ्याङ्कअनुसार सामुदायिक र निजी गरी १ हजार १ सय ६६, आंगिक ६० गरी कुल १ हजार २ सय २६ वटा क्याम्पस छन् । आयोगमा त्रिविबाट सम्बन्धन प्राप्त ४ सय ५० वटा क्याम्पस दर्ता छन् । तथ्याङ्कअनुसार ४ संस्थागत, ४ सम्बन्धन क्याम्पस र बाँकी त्रिविको सामुदायिक गरी ४० वटाले क्यूएए प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
क्यूएए प्रमाणित विश्वविद्यालय र कलेजमा अध्ययन गरेका विद्यार्थीले मात्र विदेशी कलेजमा स्वतः समकक्षताको मान्यता पाउने नियम छ । यही नियमका कारण सरकारले नेपालका सबै कलेजलाई क्युएए प्रक्रियामा आउन अनुरोध गर्न थालेको छ । विश्वविद्यालय अनुदान आयोगको क्युएए महाशाखा शैक्षिक गुणस्तर प्रमाणिकरण गर्ने अन्तराष्ट्रियस्तरका २ वटा नेटवर्क इन्टरनेसनल नेटवर्क अफ क्वालिटी एसुुेरेन्स एजेन्सी (इनक्वाए) र एशिया प्यासिफिक क्वालीटी नेटवर्क (एप्क्वा) सँग आबद्ध छ ।
इनक्वाए र एप्क्वा विश्व र एशियाको उच्च शिक्षाको गुणस्तर नियमन गर्ने आधिकारिक निकाय हुन् । नेपालमा सबै खालका उच्च शिक्षाको गुणस्तर एकीकृत गराउने सम्बन्धमा छलफल समेत भइरहेको छ । अब गुणस्तर सुनिश्चितता प्रमाणपत्र लिएका नेपाली कलेज वा विश्वविद्यालयको प्रमाणपत्रलाई मान्यता दिने क्रम सुरु भइसकेको छ ।
नेपालको क्युएए हाल विश्वविद्यालय अनुदान आयोगको एउटा महाशाखाको रुपमा स्थापित संयन्त्र हो । शिक्षा मन्त्रालयबाट निर्णय भएपछि क्युएए पूर्ण स्वायत्त निकायका रुपमा स्थापना हुने छ । क्युएए प्रक्रियामा जान इच्छुक शैक्षिक संस्थाले नियम पु¥याएर आशयपत्र पेश गर्नु पर्ने नियम रहेको छ ।
आर्थिक वर्ष २०६६–०६७ बाट सुरु भएको यो कार्यक्रममा ५३ उच्च शैक्षिक संस्थाहरुले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र लिएका छन् । विश्वविद्यालय अनुदान आयोगले धेरै निजी, सामुदायिक र आंगिक क्याम्पस क्युएएको प्रक्रियामा आइसकेको जनाएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ०३ बजे