२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


सुन्दर देखियो शे फोक्सुण्डो ताल (तस्विरहरु)




हेमन्त केसी
७ पुस ०७८,डोल्पा । नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो अनि सुन्दर देखिएको छ । छिन छिनमा रंग बदल्ने यो ताल फोक्सो आकारको भएकाले फोक्सुण्डो र शे गुम्वा नजिकै भएकाले शे–फोक्सुण्डो नाम राखिएको हो ।


यो तालमा जिवित कुनै पनि प्राणी नभएको विज्ञले बताउदै आएका छन् । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा रहेको यो ताल सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ ।
शे फोक्सुण्डो राष्टिय निकुन्जको बीचमा रहेको यो ताल कर्णालीको पहिचान पनि हो । यस तालको वरपर बिभिन्न किसमका जनावरहरु समेत हेर्न पाइन्छ ।
अग्ला पहाडबाट बगेर कन्चन हिउँबाट ताल भरिने गर्दछ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।
यस ठाउँमा डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।
काञ्जिरोवा दक्षिण ६,८६६ मिटर , सिकाल्पो खाङ ६,५५६ मिटर , वेज चुचुरो ७,१३९ मिटर जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ८ : ११ बजे