१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


थिमीका ४२ वर्षीय कटुवाल मानव बेचबिखनको आरोपमा पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

८ पुस ०७८, भक्तपुर । मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।
कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा माल बाहक पानी जाहजमा मासिक ९ सय अमेरिकी डलर तलब पाउने गरी सुरक्षा गार्डको काममा सिसेल्स देशमा लैजाने भनि विभिन्न प्रलोभनमा पारी पीडितलाई २०७८ बैशाख १२ गते दुबई हुँदै सोमालिया नजिकको समुन्द्री क्षेत्रमा पुर्‍याएकोमा पीडित बिरामी भई काम गर्न नसक्ने हुँदा कुनै प्रकारको उपचार नगराई पानी जाहजमानै राखेकोमा २०७८ असोज २ गते पीडितको मृत्यु भएको थियो ।

साथै मृतकको शव नेपाल झिकाउने सम्बन्धमा पीडितका परिवारले अनुरोध गर्दा समेत शव ल्याउनको लागि ४० लाख रुपैयाँ लाग्छ भनि मृतकको परिवारलाई क्षतिपुर्ति दिलाउने काममा समेत असहयोग गरेको घटनामा संलग्न कटुवाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : ०६ बजे