२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मनोहरा गागल फेदीस्थित सडक छेउमा महिला मृत फेला



प्रतिकात्मक तस्बिर

१२ पुस ०७८, काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेकी छन् ।
सोमबार बिहान महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन् । लामा त्यही ठाउँकी स्थानीय हुन् ।
स्थानीयले बिहान उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तालिम प्राप्त कुकुर, चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ ।

शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पताल ल्याइँदैछ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।