१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठ चपलीबाट बलात्कार आरोपमा एक जना पक्राउ




१२ पुस ०७८, काठमाडौं । चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–२ चपलीबाट एक जना पक्राउ परेका छन् ।
सोही ठाउँमा डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपश्चात लाक्पालाई सोही नगरपालिका४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।