११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा सामान चोर्दै हिड्ने ६ जना पक्राउ




१४ पुस ०७८, काठमाडौं । रातको समयमा ट्याक्सी प्रयोग गरी धनमाल चोर्दै हिड्ने ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले रातको समयमा ट्याक्सी प्रयोग गरी समूह बनाई बिभिन्न सहकारी संस्था लगायत अन्य कारखानाहरुमा चोरी गर्ने गरेको खुल्न आएको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ८ ठेगाना भएका ३१ वर्षीय रोशन उप्रेती, सर्लाही बरहथवा नगरपालिका ७ घर भएका ३३ वर्षीय राम पुनित महतो, ३२ वर्षीय राजु गुप्ता भन्ने राम बिश्वास महतो, २६ वर्षीय अशोक कुमार महतो, काठमाडौं गोंगबु बस्ने नुवाकोट लिखु गाउँपालिका ८ ठेगाना भएका ३६ वर्षीय राम बाघदास र काठमाडौं टेकु बस्ने भारत मोतिहारी सुगौली थाना छाप्राबास ठेगाना भएका ५३ वर्षीय शत्रुधन प्रसाद जैसवाल रहेका छन् ।
काठमाडौं चन्द्रागिरी नगरपालिका ३ थानकोटस्थित बिशाल प्लाष्टोक्याव ई. प्रालिको कारखानाबाट मंसिर ११ गते राति पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको ६ थान साइजर र तामाको पावर केबल तार समेत गरी १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १० बुद्धनगरबाट उक्त चोरी कार्यमा संलग्न राम पुनित महतो सहित ५ जना र चोरी गरी ल्याएका सामानहरु खरिद गर्ने कवाड पसल सञ्चालक शत्रुधनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूबाट ९ केजी ५ सय ग्राम तारका क्वाइलहरू बरामद भएको छ । उनीहरुलाई चोरी गरी लगेको सामानहरु सहित थप कानूनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ७ : १४ बजे