११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा चेलीबेटी बेचबिखनविरुद्ध अभियान सुरु




१६ पुस ०७८,भक्तपुर । भक्तपुरबाट बढ्दो चेलीबेटी बेचबिखन, महिला हिंसा र जातीय तथा लैङ्गिक विभेदलाई रोक्न प्रदेश युवा परिषद् बागमतीले तीनदिने अभियान सञ्चालन गरेको छ । आजबाट प्रदेश युवा परिषद, बागमती प्रदेशले भक्तपुरमा ‘चेलीबेटी बेचबिखन, महिला हिंसा र जातीय तथा लैङ्गिक विभेदविरुद्ध तीनदिने सचेतना अभियान सुरु गरेको हो ।
कार्यक्रमको उद्घाटनमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले चेलीबेटी तथा मानव बेचबिखन जघन्य अपराध भएकाले यसलाई रोक्न सबै समुदाय लाग्नुपर्ने बताएका छन् । समाजमा सुसुप्तरूपमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसा तथा विभेद बढ्दै जानु चिन्ताको विषय भएको भन्दै उनले लैङ्गिक तथा जातीय विभेद कानूनमा नै बर्जित भएकाले यसलाई रोक्न आवश्यक भएको बताएका थिए ।
साफू भक्तपुरको सहयोगमा यही पुस १७ गतेसम्म भक्तपुरमा सञ्चालन हुने सचेतना अभियानमा जिल्लाका ३८ महिलाको सहभागिता रहेको कार्यक्रमका सहजकर्ता लक्ष्मी बखाद्यःले जानकारी दिएकाछन् ।
तीनदिने अभियानमा चेलीबेटी बेचबिखनको अवस्था र जोखिम, महिला हिंसाको रोकथाम र कानूनी व्यवस्था एवं जातीय तथा लैङ्गिक विभेदले पारेको सामाजिक द्वन्द्व र त्यसको न्यूनीकरणमा खेल्नुपर्ने भूमिकाका बारेमा सेचतनामूलक प्रशिक्षण दिइने कार्यक्रम संयोजक एवं प्रदेश युवा परिषद् बागमती प्रदेश सदस्य प्रिती श्रेष्ठले जानकारी दिए ।
उनले समाजमा साइबर क्राइम विकराल बन्दै जाँदा प्रत्येक घरपरिवारले चिन्ता बेहोर्नुपर्ने अवस्था आएको भन्दै यसलाई रोक्न पनि युवा लक्षित गरी साइबर क्राइमसम्बन्धी बृहत् सचेतना कार्यक्रम आयोजनासमेत गर्न लागेको बताए ।
–––

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ५ : ४७ बजे