१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमालेमा चार नेता प्रतिश्पर्धा



१६ पुस ०७८, ललितपुर । ललितपुर एमालेमा ४ जना नेताको प्रतिश्पर्धा देखिएको छ ।
ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल,पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।
आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्ष समेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए । बुङमतीका गाविस अध्यक्ष समेत भएका महर्जन १० बुँदे सहमतीपछि जिल्ला पार्टीको सह संयोजक नियुक्त भएका थिए ।
प्रेमभक्त महर्जन एमाले विभाजित भएर माधव नेपालले एकिकृत समाजवादी गठन गरेपछि एकिकृतमा खुलेका थिए भने पछि एमालेमै फर्केका थिए ।
क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य रही सकेका प्रदेश सासंद सञ्जेल पनि उत्तिकै दौडधुपमा छन् ।
एमाले केन्द्रले सकेसम्म सर्वसम्मतीमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ । तर एक नेताले भने सर्वसम्मती हुन गाह्रो रहेको बताए ।
उनका अनुसार संविधान कार्यान्वयनका लागि पुरानो २ सय ८३ जनाको पुरानो कमिटीलाई नयाँ व्यवस्था अनुसार १ सय २० जनाको कमिटी बनाउनु पर्ने अवस्था छ । तर पार्टीमा पद छोड्न कोही तयार छैन ।
ललितपुरमा ५ सय ८० जना प्रतिनिधि महाधिवेशन रहेका छन् । यसमा सबै जनसंगठनबाट एक एक जना मनोनयन भने हुन बाँकी छ ।
पछिल्लो प्रतिनिधि चयनको आँकडा अनुसार ललितपुरको क्षेत्र नं. १ मा चेतनाथ सञ्जेल बलिला छन् । भने २ नम्बर र ३ नम्बर क्षेत्रमा आचार्यको पकड छ ।
जिल्ला सचिव आचार्य २०७० सालको जिल्ला अधिवेशनमा सचिवको दावी छोडेर उपसचिवमा उम्मेदवारी दिएका थिए । त्यसबेला संविधानसभा निर्वाचनका कारण पद मिलानका कारण कार्यालदय सचिवमा चित्त बुझाउदै उम्मेदवारी फिर्ता गरेका थिए ।
उनी ०५४ सालदेखि ०६४ सम्म विद्यार्थी संगठनमा रहेका काम गरेका थिए । उनी २०६४ सालमा अनेरास्ववियुमा केन्द्रिय उपाध्यक्षमा पराजित भएपछि जिल्ला राजनीतिमा सक्रिय छन् ।
श्रोतका अनुसार जीवन खड्का र मधुसुधन पौडेल पनि ललितपुर एमाले अध्यक्षमा सर्वसम्मत बन्न दौडधुपमा छन् ।
२०७० यता १ हजार ६ सय पार्टी सदस्य रहेकोमा पछिल्लो ८ हजार ६ सय पार्टीसदस्य पुगेका छन् । यही कार्यसमितीले सातदोवाटोमा पार्टी कार्यालय समेत निर्माण गरेको छ ।
यही पुस २३ गते ललितपुरको मंगलबजारमा नेकपा एमालेको उद्घाटन कार्यक्रम राखिएको एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताए । उनले भने, ‘बन्दसत्र ललितपुर पार्टी प्यालेसमा हुँदैछ ।’

यस समाचारमा प्रेमभक्त महर्जको ठाँउमा अन्य तस्विर परेकाले क्षमा याचना सहित सच्याइएको छ ।
सम्पादक

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १ : ४९ बजे