११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राप्रपा काभ्रे अध्यक्षसहित ४ जना पार्टीबाट निष्काशित



१६ पुस ०७८, काभ्रे । राप्रपाले काभ्रेका अध्यक्ष उपाध्यक्ष सहित ४ जना जिल्ला तहका नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।
शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो ।
उनीहरुलाई पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेको आरोप लगाइएको छ । उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : ३१ बजे