
१७ पुस ०७८, काठमाडौं । काठमाडौंको नरेफाँटबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् महानगरीय प्रहरी परिसरले काठमाडौं का अनुसार पक्राउ पर्नेमा धादिङ खनायबाँस गाउँपालिका घर भइ हाल काठमाडौंको तारकेश्वर बस्दै आएका ४६ वर्षीय लेख बहादुर तामाङ रहेका छन् ।
शुक्रबार महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले विशेष सूचनाको आधारमा नरेफाँट तरकारी बजार सडकखण्डबाट उनलाई पक्राउ गरेकोे बताएको छ ।
उनको साथबाट प्रहरीले लागू औषध २४६ एम्पुल नूफिन, २९२ एम्पुल फेनारगन र २८४ एम्पुल डाइजेपाम गरी ८९२ वटा र २ थान मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।








प्रतिक्रिया