
१७ पुस ०७८, भक्तपुर । भक्तपुर कप फुटबल प्रतियोगिता यहि माघ महिनामा आयोजना हुने भएको छ ।
भक्तपुर युवा टिमको आयोजनामा हुने प्रतियोगिता माघ १४ देखि २२ गतेसम्म हुने आयोजकले पत्रकार सम्मेलनबाट जानकारी दिएको छ ।
महेश्वरी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने बताइएको छ ।
नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख १५ हजार पाउने छन् ।
भक्तपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उपविजेताले ५५ हजार प्राप्त गर्ने छन् ।
व्यक्तिगत विधा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
१७ पुस २०७८, शनिबार
0
Shares








प्रतिक्रिया