१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कागेश्वरीको जुवा अखडबाट तास खेल्ने १५ जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

२१ पुस ०७८, काठमाडौं । काठमाडौंको कागेश्वरीको जुवा अखडाबाट १५ जना लाख खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कागेश्वरी मनहरा नगरपालिका ७ फोर्सपार्कस्थित रमेश माषिमाले संचालन गरेको खाजा पसलमा तास खेलिरहेको अवस्थामा १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ८ सय ४० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : २९ बजे