१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बौद्धनजिक युवक–युवती मृत फेला




२३ पुस ०७८, काठमाडौं । काठमाडौंको बौद्ध नजिक एक घरमा युवा युवती मृत अवस्थामा फेला परेका छन् । प्रहीका अनुसार बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका हुन् ।
खोटाङकी युसुना राई र संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र मृत फेला परेका हुन् ।
काठमाडौं महानगरपालिका ६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरको डेरामा उनीहरुसँगै बस्दै आएका थिए ।
घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : १५ बजे