१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुरथिमिका मेयर मदनसुन्दर सम्मानित




२३ पुस ०७८, मध्यपुर थिमि । मध्यपुरथिमि नगरपालिकाको पूर्वाधार, कला, संस्कृति , सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विकासमा योगदान पु¥याएवापत नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सम्मानित भएका छन् ।
एजुकेसन भ्वाइस नेपालद्वारा आज मध्यपुरथिमिमा आयोजित कार्यक्रममा श्रेष्ठलाई संस्थाका अध्यक्ष रमेश गिरीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सममानित भएपछि नगरप्रमुख श्रेष्ठले भने, “मध्यपुरथिमि नगरपालिका चार वर्षअगाडि कस्तो थियो, आज कस्तो छ, यहाँका बासिन्दाले मात्रै हैन, थिमि आउने जो कोहीले अनुभवन गर्न सक्छन्, थिमि विकासमा उत्कृष्ट ३ मा पर्न सफल भएको छ ।” कार्यक्रममा नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले मध्यपुरथिमिको विकासको चर्चा गरेका थिए ।
कर्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति र महासङ्घ भक्तपुरका सल्लाहकार एवं प्रशिक्षक पुष्करराज बुढाथोकीले पत्रकारिता क्षेत्रको भविष्य र अवसरका बारेमा चर्चा गरेका थिए ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : ५६ बजे