१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरका पत्रकार पुरस्कृत




२४ पुस ०७८, काठमाडौं । नेपाल पत्रकार महासङ्घ भक्तपुरको २५औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरिएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले बाबुकाजी साछेँ श्रेष्ठलाई रु १० हजार राशिको भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार र मोहन बल्ललाई रु दुई हजार ५०० राशिको मैंयादेवी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेका हुन् ।
पुरस्कार रकम महासङ्घको भवन बनाउन पुरस्कृत व्यक्तिले प्रदान गरेका छन् । कार्यक्रममा महिला पत्रकारको प्रोत्साहनका लागि प्रत्येक वर्ष प्रदान गर्ने गरी लक्ष्मीभक्त शिल्पकार महिला पत्रकारिता पुरस्कारका लागि दाता लक्ष्मीभक्तले नगद २५ हजार शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष पोख्रेलले पत्रकारको क्षमता विकासका लागि महासङ्घले आमसञ्चार प्रतिष्ठानको अवधारणा अघि सारेको बताएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ३८ बजे