१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कंलकीमा टिपरको ठक्करबाट ललितपुर बस्दै आएका विष्टकाे मृत्यु, एक घाइते



२५ पुस ०७८, काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
महानगरीय प्रहरी वृत कालिमाटीका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको र एक घाइते भएका छन् । मृत्यु हुनेमा बझाङको थलारा घर भइ ललितपुर बस्दै आएका २४ वर्षीय बसन्त विष्ट रहेका छन्।
गम्भीर घाइते भएका विष्टको शहिद मेमोरिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का बझाङकै चैनपुरका २६ वर्षीय निखिल बम घाइत भएका छन्।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ११ : १५ बजे