१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले ललितपुर : चेतनाथ र पुरुषोत्तमले अध्यक्ष नछोड्दा मध्यरातमा निर्वाचन




२५ पुस ०७८,ललितपुर । शुक्रबारदेखि जारी नेकपा एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशन लम्बिएको छ । अध्यक्षका प्रत्यासी चेतनाथ सञ्जेल र पुरुषेत्तम आचार्य अध्यक्ष पद आफूले नै पाउनु पर्ने अडानमा कायम भएपछि विस्तारै वातावरण निर्वाचन तर्फ धकेलिएको हो ।
आज आइतबार १० बजेका लागि बोलाइएको बन्दसत्र १२ बज्न लाग्दा समेत सुरु भएको छैन । चेतनाथ सञ्जेल केन्द्र नेता भेट्न दौडधुपमा छन् भने पुरुषोत्तम छलफलमै रहेका बुझिएको छ ।
आजको बन्दसत्रमा कस्लटर विवाद मिलाउन बाँकी छ । पद मिलान भएपछि निर्वाचन प्रकृया सुरु हुनेछ । निर्वाचन प्रकृया पुरा गरेर आजै निर्वाचन भएमा रात पनै अवस्था रहेका एक प्रतिनिधिले बताए । उनले भने, ‘बन्दसत्र चलेको दुई दिन भइसक्यो । भोलिसम्म चल्ने सम्भावना छैन ।’
माथिबाट सहमतिको लागि ठाडो आदेश जारी नभएको अवस्थामा अब निर्वाचन नै हुने र निर्वाचनमा दुवै जनाको कडा प्रतिष्पर्धा हुने एक प्रतिनिधिले बताए ।
कतिपय प्रतिनिधिहरु दुबै नेताहरु नेतृत्वका लागि आवश्यक भएकोले कसैको पक्षमा खुलेका छैनन् । सहमतिको लागि नै जोड गरिरहेका छन् । एक प्रतिनिधिले चौतर्फी घेराबन्दीमा परेको अवस्थामा दुवै नेता अध्यक्ष छोड्न तयार हुदा परिस्थिती दुर्घटना तर्फ जान लागेका बताए । उनले भने,चेतनाथले संघीय सासंदको टिकट पाएको खण्डमा छोड्न तयार हुनुपर्छ । पुरुषोत्तम आचार्यले सचिवमा चित्त बुझाउदा पनि हुन्छ । सहमती गर्न कुनै कठिनाई छैन ।
तर पछिल्लो समय दुवै पक्ष आफूहरु जित्ने भन्दै गुटको बैठकमा लागेको बुझिएको छ ।
दावेदारहरू संजेल र आचार्य दुवैजना भने आफ्नो पक्षमा जित्ने अवस्था शतप्रतिशत रहेको भन्दै निर्वाचन गर्न तयार भएका छन् ।
सञ्जेल कतै दुई ९० प्रतिशत आफ्नो प्रतिनिधि छन् भन्दै हिडेका छन् त कतै दुई तिहाई पक्ष आफ्नो प्रतिनिधि रहेको बताइरहेका छन् ।
पुरुषोत्तम आचार्य पनि निर्वाचनमा गए आफू जित्नेमा ढुक्क रहेको बताउने गरेका छन् ।
शुक्रबार जिल्ला कमिटि सचिव समेत रहेका अध्यक्षका दावेदार आचार्य पक्षले भने संजेल पक्षले सीमित कार्यकर्ता र प्रतिनिधिलाई लिएर होटलको कोठामा बसेर गलत हिसाबले सहमतिको रटान रटेको आरोप लगाउदै त्यस्तो शैली आफूलाई मान्य नभएको बताएका छन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ११ : ५३ बजे