१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आजदेखि ललितपुरका विद्यार्थीलाई फाईजर खोप दिइदै



भक्तपुरका विद्यार्थीलाई खोप दिइदै । तस्विर : रासस
२७ पुस ०७८, ललितपुर । आजबाट ललितपुरका १२ देखि १७ बर्षसम्मका विद्यार्थीहरुलाई विद्यालयहरुमा फाइजर खोप दिइने भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका खोप सुपर भाइचर पार्थमणी न्यौपानेका अनुसार ललितपुर महानगरका विधिन्न विद्यालयमा आजदेखि माघ २ गतेसम्म कोरोना विरुद्धको खोप दिने कार्यक्रम छ । महालक्ष्मी नगरमा माघ ४ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने गोदावरीमा माघ ३ गतेसम्म खोप लगाउन सकिन्छ ।
दक्षिण ललितपुरका महाकाल गाँउपालिकामा आज मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन हुँदैछ । कोञ्ज्योसोम गाँउपालिकाका विद्यालयमा पुस २९ गतेसम्म र वागमती गाँउपालिकामा ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
स्थास्थ्य कार्यालयका अनुसार १२ वर्षदेखि १७ वर्षसम्मका वालवालिकाहरुलाई फाईजर वायोएनटेक खोपको पहिलो मात्रा दिने कार्यक्रम सुरु हुन लागेको हो ।
न्यौपानेले नेपाली बच्चाहरुलाई पहिलोपल्ट अमेरिकी फाइजर खोल दिन लागिएको बताए । उनले भने आजबाट फाइजर काठमाडौं र ललितपुरका लगाउने कार्यक्रम छ । उनका अनुसार दोश्रो मात्रा भने माघ २४ गतेबाट सुरु हुनेछ ।
ललितपुरका विद्यालयसँगै केही स्वास्थ्य केन्द्रमा समेत खोप लगाउने कार्यक्रम छ ।
यो खोप कोभ्याक्स मार्फत नेपाल सरकारलाई अनुदानमा आएको हो ।
भक्तपुरमा सोमबारबाट नै विद्यार्थीहरुलाई मोर्डना खोप दिन थालिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : ३० बजे