९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कारबाही गर्न बतास समुहले सरकारलाई दियो चुनौती(पूर्णपाठ)



२८ पुस ०७८, काठमाडौं । नारायणहिटी दरबार संग्रालयमा भाडामा क्याफ्टेरिया सञ्चालनका लिएर विवादमा तानिएको बतास अर्गनाईजेशनले बुधबार सार्वजनिक रूपमा उठेका ६ वटा शीर्षकका विषयहरूबारे पहिलो पटक आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बतास समूहले आफूहरूले गैर कानुनी काम गरेको भए कारबाही गर्न सरकारलाई चुनौती समेत दिएको छ । राज्यले आफूमाथि गरेको अन्याय र अपराधबारे गरेकाले आम जनमानसलाई जानकारी गराइदिन समेत उसले सञ्चार माध्यमहरुलाई अनुरोध गरेको छ ।

सञ्चार माध्यममा गत हप्तादेखि जे–जस्तो ढङ्गले एकाङ्गी, मनोगत, भ्रामक र कपोकल्पित समाचारहरू प्रकाशित भएका छन्, ती विषयमा हालसम्म यस समूहका कुनै पनि जिम्मेवार व्यक्तिहरूलाई आधिकारिक रुपमा सम्पर्क गरेर सत्य। तथ्य बुझ्ने प्रयत्न ती सञ्चार माध्यमहरूले नगरेको हुनाले विज्ञप्तिमार्फत तथ्य सार्वजनिक गर्नु परेको बतास समूहले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।