१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मन्त्री झाँक्रीद्वारा धोबीखोला करिडोरको अनुगमन




२९ पुस ०७८, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको अनुगमन गरेकी छन् ।
बिहान धोबीखोला करिडोरको अनुगमन गर्न सचिवसहित पुगेकी मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिइन् ।

काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले पनि बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको थियो ।

टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायत अवलोकन गरेको थियो ।

मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायका पदाधिकारीले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  १२ : ४५ बजे