१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर चौतारीको अध्यक्षमा आचार्य, सचिवमा दुलाल




२९ पुस ०७८, ललितपुर । । प्रेस चौतारी ललितपुरको अध्यक्षमा विएम आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । ललितपुरको कुमारीपाटीमा विहीबार आयोजित पाँचौं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
कार्यसमितीको सचिवमा अशोक दुलाल, उपाध्यक्षमा शान्ति घिमिरे, नवीन लुइटेल, सहसचिवमा अविन लिम्बु, सन्तोष दाहाल, कोषाध्यक्षमा इश्वर महर्जन सर्वसम्मत निर्वाचित भएका हुन् । सदस्यहरुमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन,ज्ञानबहादुर महर्जन,रेखा खुलाल,संगम श्रेष्ठ,नरेन्द्र चालिसे, विद्धान कुलुङ चयन भएका छन् ।
अधिवेशनमा निवर्तमान कार्यसमितीका सह संयोजक अशोक दुलालले स्वागत मन्तव्य दिदै ललितपुरको पत्रकारितालाई अघि बढाउन स्थानीय पत्रकारितालाई प्रबद्र्धन गर्नु पर्ने बताए । उनले भने, ‘स्थानीय पत्रकारितालाई अघि बढाउन पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षय कोष स्थापना गर्नुपर्छ ।’
सहसंयोजक दुलालको प्रस्तावमा समर्थन जनाउदै नेकपा एमालेका प्रदेश कमिटी सदस्य दामोदर खड्काले १ लाख रुपैया अक्षयकोणका लागि दिने घोषणा गरेका थिए ।
कार्यक्रममा चौतारीका संयोजक विएम आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकारिता तालिम तथा हरेक महिना अत्र्तक्रिया गर्ने योजना अघि बढाएका थिए ।
कार्यक्रममा पुर्वमुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले आजको समाजमा जुझारु पत्रकार आवश्यक रहेको र प्रेस चौतारीले यस्ता पत्रकारहरु जन्माउने बताएका थिए ।
कार्यक्रममा पत्रकार इश्वरराज ढकाललाई प्रेस चौतारी ललितपुर क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा ललितपुर एमालेको नवनिर्वाचित जिल्ला र पालिका कार्यसमितीका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ८ : ३२ बजे