७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना नियन्त्रणमा सरकार गम्भीर बनेनः एमाले(ध्यानाकर्षणपत्रसहित)



१ माघ ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएक‍ो छ ।

शनिवार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमै पुगेर ध्यानाकर्षण गराएका हुन् । कोरोना भाइरस फैलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।

ध्यानाकर्षण पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताए ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १ : ०५ बजे