२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शेषमती लामबगरबाट तास खेलिरहेको अवस्थामा पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

३ माघ ०७८ काठमाडौं ।  काठमाडौं तारकेश्वर नगरपालिका-८ शेषमती लामबगर बस्ने काठमाडौं नौकुण्ड घर भएका ३८ वर्षीय मान बहादुर बुलुनको टहरामा तास खलिरहेको अवस्थामा मान बहादुर सहित ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अनलाईन ठगी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं, खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाईन ठगी गरेको अभियोगमा पर्सा छिपहरमाई गाउँपालिका-२ ठेगाना भएका २ जना १८ वर्षीय किशोरहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरुलाई आफ्नो मोबाईलबाट फोन सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी भएको तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा ओटिपी कोड आउँछ, उक्त ओटिपी कोड अरु कसैलाई नदिई टिपाउनु भनी पीडितहरुलाई विश्वासमा पारी ओटिपी कोड लिई पीडितकै खल्ती आईडी खोली विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम विभिन्न व्यक्तिहरुको नागरीकताको फोटोकपी पेस गरी आईएमई तथा सिटी एक्स्प्रेस मनि ट्रान्सफरबाट निकाली अनलाईन ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १ : ०२ बजे