१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मंगलबार ललितपुरमा ३ सय ५० पत्रकारले लगाए कोरोना विरुद्ध खोप



४ माघ ०७८, ललितपुर । मंगलबार नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आवद्ध तीन सय ५० पत्रकारले कोरोनाबिरुद्धको बुस्टर डोजको खोप लगाएका छन् । शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा मंगलबार कोरोना बिरुद्धको तेस्रो खोप दिइएको हो ।
पुल्चोकस्थित नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय र लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पस परिसरमा शाखाका र हाल उपत्यकामा क्रियाशिल पत्रकारिता गरिरहेका व्यक्तिलाई तेस्रो मात्राको खोप दिइएको पत्रकार महासघ ललितपुरले जानकारी दिएको छ । क्याम्पस परिसरमा खोप बुधबार र बिहीबार पनि दिइने छ ।
खोप लगाउन आउँदा महासंघले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य लिएर आउन महासघले आग्रह गरेको छ । खोप लगाउन बाँकी भएका पत्रकारलाई तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ९ : ५९ बजे