१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


केशर महलबाट पुरातात्विक महत्त्वका सामान चोरी



६ माघ ०७८, काठमाडौं । केशरमहलबाट बाघको टाउको, तरबारलगायत पुरातात्विक महत्त्वका सामानहरु चोरी भएको छ । प्रहरीले चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चोरीमा संलग्न भएको आरोपमा केशरमहलमै काम गर्ने तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई केहीबेरमा सार्वजनिक गर्ने तयारी महाशाखाले गरेको छ।

महाशाखाका स्रोतका अनुसार केही समय अघिमात्रै केशरमहलबाट पुरातात्विक महत्त्वका सामान हराएका थिए। सामान हराएको सूचना प्रहरीमा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

त्यसको केही दिनमै ती सामानहरु बोरामा प्याक गरेर केशरमहलकै बाथरुम छेउमा राखिएको अवस्थामा भेटिएको थियो। ती सामानहरु त्यही काम गर्ने व्यक्तिले लगेको र प्रहरीले अनुसन्धान अघि बढाएपछि उनीहरुले बोरामा प्याक गरेर सामान केशरमहलमै ल्याएर राखेको पाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  २ : ५३ बजे