१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


किर्तिपुरमा अनलाईन जुवा खेलाएको आरोपमा १२ जना पक्राउ




७ माघ ०७८, काठमाडौं । कीर्तिपुर नगरपालिका ६ चोभार, किर्तिपुर नगरपालिका ९ नगाउँ र यसै नगरपालिका १० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउन संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय २ जना किशोर, २७ वर्षीया कबिता थापा, ३० वर्षीय रबिन खड्का, यसै नगरपालिका १० कीर्तिपुर बस्ने ४५ वर्षीय बुद्ध महर्जन, यसै नगरपालिका ८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, यही ठाउँ बस्ने १९ वर्षीय साहिल महर्जन, यसै नगरपालिका १० बस्ने १९ वर्षीया हनिशा महर्जन,किर्तिपुर नगरपालिका ९ नगाउँ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, काठमाडौं कीर्तिपुर बस्ने बझाङ केदारसिउ गाउँपालिका ५ घर भएका १९ वर्षीय बिनोद ठगुन्ना र काठमाडौं कीर्तिपुर बस्ने सिन्धुपालचोक मेलम्ची नगरपालिका १३ घर भएकी १७ वर्षीया किशोरी रहेका छन् ।
काठमाडौं कीर्तिपुर नगरपालिकाको बिभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाईन जुवा खेलाउदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न घर तलासी गर्दा अनलाईन जुवा खेलाई रहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने १४ थान ल्यापटप, १७ थान मोबाईल, कम्पुटर मोनिटर २ थान, राउटर ३ थान, गेमिङ बिबरण लेखिएका रजिस्टरहरु र २ थान वोर्ड लगायतका उपकरणहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाईन जुवा खेलाउनका लागि २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागि कर्मचारीहरु समेत राखी त्यसरी खटिएका कर्मचारीहरुले फेसबुक आइडीमार्फत अमेरिकी तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर कायिरिङ, रिभर सुइप्स, रिभर मन्सटर, भेगास एक्स लगायतका अनलाईन जुवा खेल्न लिङ्क शेयर गरी उक्त गेममा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशी समेत पुरस्कारको रुपमा दिने तथा करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएकोउक्त महाशाखाले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ३ : १५ बजे