११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुल्चोकबाट लागुऔषध बोकेर हिडेका युवक पक्राउ




७ माघ ०७८, पुलचोक । ललितपुरको पुल्चोकबाट लागूऔषध बोकेर हिड्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
विहीबार राती सात वजेको समयमा ललितपुर महानगर ३ पुल्चोक सडकमा पक्राउ परेका राजेश साहलाई लागु औषध सहित पक्राउ गरिएको जानकारी दिएको छ । उनले बिक्रीका लागि कपडाको झोलामा अवैध लागु औषध नाईट्राभेट १० हातमा झुण्ड्याई बोकी हिडीरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाई छ । राजेश साहलाई प्रहरी टोलीले नियन्त्रणमा लिई हेर्दा झोला भित्र अवैध लागु औषध नाईट्राभेट १० एक सय पत्ता (१५०० पिस ट्याव्लेट) फेला पारी कानून वमोजिम ७ दिन म्याद थप भई थप अनुसन्धान भईरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ५० बजे