१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा २ जना मृत अवस्थामा फेला




८ माघ ०७८, काठमाडौं । काठमाडौंमा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्धस्थित टहरामा थान्का पसल राखी बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका २ घर भएका ६८ वर्षीय जित बहादुर दमाई पसलभित्रै शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डास्थित भित्रीसडकको नालीमा अहिलेसम्म नाम थर नखुलेका अन्दाजी ३० वर्षीय पुरुष र काठमाडौं महानगरपालिका १४ बल्खुस्थित पुलमुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ११ : ३८ बजे