१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चावहिलमा २ वटा आकाशे पुल शिलान्यास



९ माघ ०७८, काठमाडौं । चावहिलको चोक र मित्र पार्क गरी २ ठाउँमा आकाशे पुलको शिलान्यास भएको छ । काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले र वडाध्यक्ष शुद्धकुमार डंगोलले पुलको शिलान्यास गरेका हुन् ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल र वडा सदस्यहरु सहभागी थिए । चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाईको र मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइको आकाशे पुल निर्माण हुनेछ ।

शिलान्यासपछि मेयर शाक्यले, पैदल यात्रुको भीड र दुर्घटना भइरहने ठाउँलाई प्राथमिकतामा राखेर आकाशे पुल निर्माण भइरहेको बताए । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ । सडक फराकिलो भएर पनि चावहिलमा सवारीको अधिक चाप छ । आकाशे पुल निर्माण भएपछि पैदल यात्रुको यात्रा सुरक्षामा टेवा पुग्नेछ ।’

चावहिल क्षेत्रमा यातायात चाप व्यवस्थापन र पैदलयात्रीको सुरक्षा जटिल छ । वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले, जति बेला पनि सडकमा सवारी गुडिरहनु पर्ने र यात्रुहरुलाई सडक पार गर्नुपर्ने ठाउँ छानेर आकाशे पुल निर्माण गर्नं लागिएको बताए । आकाशे पुल बनाएपछि सबैलाई हिँड्न सजिलो हुन्छ । यसमा पनि बालबालिका, जेष्ठ नागरिक र स्कूल कलेजका विद्यार्थीहरुलाई धेरै राहत हुनेछ । वडाध्यक्ष डंगोलको भनाइ छ ।

महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाकाअनुसार ट्रष्ट र स्टील संरचनाका आकाशेपुल निर्माण भइरहेका छन् । यी संरचनाहरु तोडफोड नगरी अन्य ठाउँमा लगेर जडान गर्न मिल्ने खालका छन् । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार चावहिल र मित्रपार्कमा निर्माण हुने २ वटा आकाशे पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रुपैयाँ हो ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ४ : ०३ बजे