३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


ललितपुर ढुंगेसाँघुमा नवनिर्मित मुक्तिनाथ धाममा दर्शनार्थीको भीड




२७ माघ ०७८, ढुंगेसाँघु (ललितपुर) । ललितपुरको गोदामचौर ढुंगेसाँघुस्थित नवनिर्मित मुक्तिनाथ धाममा आजकल हरेक दिन विहान दर्शनार्थीको भीड लाग्न थालेको छ ।
स्थानीय जागरुक युवाहरुले मुक्तिनाथ मन्दिर निर्माण गरेपछि धार्मिक पर्यटकहरुको आर्कषण बढ्न थालेको हो ।


ढुंगासाधु टोलसुधार समितीका अध्यक्ष राधाकृष्ण कार्की यहाँ दिनमा ५ देखि ६ हजारसम्म दर्शनार्थी आउने गरेको बताउछन् । उनले भने, ‘आजकल कारोनाका कारण केही भीड घटेको छ । यहाँ दिनमा २ लाख १४ हजारसम्म चन्दा उठेको छ ।’
पछिल्लो समय मन्दिरमा भीड लाग्दा सवारी पार्किङ गर्न कठीन भएको छ । आजकल हामीले व्यक्तिको खेतमा गाडी राख्नु परेको उनको भनाई छ ।
कार्कीका अनसार मन्दिरमा दिनभरिनै दर्शनार्थीहरु दर्शन गर्न आइ नै रहन्छन् । दिनभर भजन गुञ्जिन्छ ।
गणेश, शिव,रामसिता सप्तऋषि, मुक्तिनाथ, भुदेवि र श्रीदेविको मूर्ति स्थापना गरिएको छ । मन्दिरसँगै १ सय ८ धारा पनि राखिएको छ ।


२०७४ सालमा भुवन व्यासद्वारा सप्ताह महायज्ञ आयोजना गरेर २९ लाख पचास हजार उठेपछि यहाँ मुक्तिनाथ धाम निर्माण गरिएको स्थानीय रमेश केसीले बताए ।
मन्दिर निर्मार्ण गर्न विभिन्न निकाय र दावविर दाताहरुको सहयोगमा १ करोड ३८ लाख रुपैयाँमा यो मन्दिर निर्माण गरिएको हो ।
मुक्तिनाथ दर्शन गर्न जान नसक्नेहरुका लागि यो धाम प्रख्यात हुँदै आएको छ । केसीका अनुसार यहाँ पिकनिक स्पट, कागबेनीको मन्दिर निर्माण गर्ने योजना छ ।
जुजुभाई महर्जनले पसल गरेर बस्ने यस ठाँउमा गणेशको मन्दिर बनाएको इतिहास छ । पछि आएर यहाँ पशुपनि नाथ मन्दिर राम सिता र सप्तऋषिको मन्दिर स्थापना गरिएको थियो ।


५० बर्षअघि ढुंगेसाँघु यस क्षेत्रको व्यापारिक केन्द्र रहेका रमेश बताउछन् । उनका अनुसार यही बाटो हुँदै काभ्रे, भक्तपुर,सिन्धुपाल्चोकलगायत ठाँउबाट दक्षिणतर्फ हेटौडा प्रवेश मार्गसमेत थियो ।
२०७२ सालमा सयै स्थानमा तातो ढुंगा भेटेपछि नागको मूर्ति स्थापना गरिएको केसी बताउछन् ।
मन्दिर बनाउन २ वर्ष लागेको ढुंगासाधु टोलसुधार समितकिा अध्यक्ष कार्की बताउछन् ।
यस क्षेत्रमा ठूला ढुंगा पाइन्छन् । कृष्ण मन्दिर बनाउदा यहाँको ढुंगा लागेको जनश्रृती रहेको उनले स्मरण सुनाए । विशंखु नारायणको थान नजिकै रहेका गायत्री कुण्डबाट बग्ने गोमती नदिमा ऐतिहासिक ठूलो ढुंगाको साँघु थियो । त्यो ढुंगा ९० सालको भुकम्पले खसेको र काठको साँघु राखिएको थियो । पछिल्लो समय यो ढुंगा संरक्षणका लागि पुलमा राखिएको छ ।


मन्दिरलाई मदि कटानबाट जोगाउन पर्खाल लगाउन, आगन्तुकलाई दिभर भुलाउन पिकनिक स्थल बनाउन र पार्किङ स्थल बनाृने योजना विस्तारै अधि बढ्ने केसी बताउछन् ।
मन्दिर बनेपछि ढुंगेसाँघु परिवर्तन
मुक्तिनाथ धाम निर्माणपछि ढुंगेसाँघुको जनजीवनमा मै परिवर्तन आउन थालेको कार्की बताउछन् । उनी भन्छन्, ‘मन्दिर चालु भएको एक वर्षका यहाँ ८÷१० वटा पसल चल्न थालेका छन् । पहिले एउटा पसल मुस्किलले चल्थ्यो’
उनका अनुसार मन्दिर आपपास पुजा पसल र अन्य फुटपाथका सामान बेच्ने क्रम सुरु भएको छ । मन्दिरका कारणले गाँउहरुले आफै व्यावसायी बन्ने अवसरपाउन थालेका छन् । काम खोज्न अन्त जानुपर्ने अवस्था छैन ।
आन्तरिक पर्यटकहरुको आर्कषणसँगै गाँउमा होमस्टे, होटलको जरुरी महसुस हुन थालेको छ । उनले भने, ‘राती कोही आएर बास बस्ने ठाँउ सोधे डाँडातिरको रिसोर्ट देखाउनु परेको छ ।’

कसरी जाने
ढुंगेसाघु जान लगनखेलबाट गोदामचौर जाने बससमात्न सकिन्छ । सातदोबाटोबाट हात्तिबन, हरिसिद्धि,ठैव,बाडेगाँउ हुँदै गोदाम चौर निस्केर आफ्नै सवारीसाधन हुनेहरु जान सक्छन् । गोदामचौर मुख्य चोकबाट केही तल मोटरबाटो हुँदै झरेपछि ढुंगे साँघु स्वागत द्वार भेटिन्छ । यही स्वागत द्वारबाट ओरोलो मोटरबाटो ५ सय मिट तल पुगेपछि ढुंगेसाघु गाँउ भेटिन्छ । यही ठाँउ नजिक गोमती नदिको किनारमा मुक्तिनाथ मन्दिर र १ सय ८ ढुंगेधारा देख्न सकिन्छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १ : ०६ बजे