९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको चाँगुनारायण र काठमाडौंको भद्रवासमा ३ जना मृत फेला




१ फागुन ०७८, काठमाडौं । भक्तपुरको चाँगुनारायणमा २ जना र काठमाडौंको भद्रवासमा १ जना गरि ३ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ४ चाँगु खोरीया मंगलटार बस्ने ६५ बर्षीया मनकुमारी तामाङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन ।
यसैगरी चाँगुनारायण नगरपालिका ५ खरिपाटी घुमाउने डाँडास्थित छाप्रोमा ओखलढुंगा घर भएका ५२ वर्षीय राज बाहदुर मगर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका २ नयाँ पाटीस्थित बागमती खोलामा कागेश्वरी मनोहरा नगरपालिका २ भद्रबास घर भएका ५५ वर्षीय मान बहादुर श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : १२ बजे