१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भैंसेपाटीमा युवा संघको वडा कमिटी गठन




२ फागुन ०७८, भैसेपाटी । ललितपुर महानगरपालिका वडा नं. २५ भैंसेपाटीमा राष्टिय युवासंघ नेपालको वडा कमिटी गठन भएको छ । नेकपा (एमाले) वागमती प्रदेश कमिटी सदस्य अमृत खड्काको प्रमुख आतिथ्यतामा भैंसेपाटी स्थित घण्टाघरमा सम्पन्न वडा स्तरिय युवा भेलाबाट सुजन भण्डारीको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरिएका छ ।
राष्टिय युवासंघ नेपाल ललितपुरले आउदै गरेको स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै कमिटीहरु गठनमा तिव्रता दिदैं आइरहेको युवासंघ ललितपुर ईन्चार्ज राजु श्रेष्ठले बताए । श्रेष्ठको अनुसार हाल युवासंघको मुख्य ध्यान ललितपुर महानगरमा रहेको छ । हालै वडा नं. २४ मा समेत वडा कमिटी गठन गरिएको दुई हप्ता भित्रमा महानगरका सम्पुर्ण वडाहरुमा कमिटी गठन गरि अगाडी बढ्ने श्रेष्ठले बताए ।
भेलामा राष्टिय युवासंघ ललितपुरका अध्यक्ष चिन लामाले पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो । साथै नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, बागमती प्रदेश सदस्य दामोदर खड्का लगायतका नेताहरुले कमिटीमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई खादा र टिका लगाई बधाई तथा सुभकामना दिईएको थियो । कार्यक्रम नेकपा एमाले ललितपुर महानगर २५ नं. वडा कमिटीका अध्यक्ष दौलत कुमार खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ३ : १९ बजे