११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागडोल र च्यामासिंहमा दुर्घटना, एक एक जनाको मृत्यु, दुई घाइते




३ फागुन ०७८, काठमाडौं । ललितपुरको बागडोल र भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनापछि एक एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ललितपुरको बागडोलमा प्रदेश मोटरसाइकल रेलिङमा ठोक्किंदा चालक बाँकेका ३० वर्षीय गणेशकुमार थारुको मृत्यु भएको छ । २–०३० प ९४८३ नम्बरको मोटरसाइकल दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार कैलालीका ३० वर्षीय इन्द्र भण्डारी घाइते भएका छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घाइते थारुको सोमबार राति साढे ११ बजे मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १० : १९ बजे